INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित गोडैता नगरपालिका-१ का ३६ वर्षीय सुरेन्द्र कुमार महतोविरुद्ध ०८१ असार १६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ ।

रोजगारीको प्रलोभन देखाउनुका साथै बालकलाई नगद १० हजार रुपियाँ दिई ०८१ असार ९ गते भारतको विहार राज्य मुझफरपुर लग्दै गर्दा गस्तीमा खटिएका इलाका प्रहरी कार्यालय सिमराका प्रहरी टोलीले आरोपितलाई सोध पुछ गर्न खोज्दा आरोपित बालकलाई छाडी भारत तर्फ फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाई आरोपितको खोजतलास गरिरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो