१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरीयाका २२ वर्षीय बिशाल साह तुराहाविरुद्ध पीडित पक्षले दिएको उजुरी ०८१ असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दर्ता गरेको छ ।
आरोपितले असार ७ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजरी दिनुभएको थियो । आरोपितविरुद्ध असार ७ गते उजुरी दिएपनि प्रहरीले असार १८ गते मात्र दर्ता गरेको पीडित पक्षले बताउनु भयो ।
घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले जानकारी दिनु भयो ।
पीडितको स्वस्थ्य परीक्षण असार १९ गते वीरगंजस्थित नारायणी अस्पताल भयो ।