INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-९ का ३६ वर्षीय सुकन बुढाथोकीलाई ०८१ असार १५ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ ।

घरमा एक्लै रहेकी पीडितको घरमा ०८० चैत ११ गते प्रवेश गरी कुटपिट गर्दै बलात्कार प्रयास गरेका भन्दै पीडित पक्षले आरोपित बुढाथोकीविरुद्ध ०८१ वैशाख १२ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिनु भयो ।

आरोपित बुढाथोकीलाई असार १५ गते गिरफ्तार गरी असार १६ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटनाको थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो