१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २६ वर्षीय दिनेश थापाविरुद्ध पीडित पक्षले ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिनु भएको छ ।
आरोपितले जेठ १८ गते पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको बताउनु भयो ।
घटनापश्चात आरोपित थापा फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।