२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-८ प्रतापपुर पल्टुवाका २० वर्षीय राजाबाबु पासवानलाई ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ।
आरोपित पासवानले ०८१ जेठ १५ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरि दिनुभयो ।
आरोपितलाई असार १६ गते गिरफ्तार गरी १७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनुभयाे ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते चन्द्रपुर सरकारी अस्पताल चन्द्रनिगाहपुरमा भयो।