INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका– ९ बगैचाका ४४ वर्षीय श्याम परियारलाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई  ०८० चैत १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले असार ७ गते दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफतार गरेको हो । आरोपित विरुद्ध असार १६ गते  बालयौन दुरुपयोग कसुर शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राखी म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण असार ७ गते गोरखा अस्पतालमा भएको थियो ।

अन्य

भिडियो