INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

हरिवन नगरपालिका-६ की ३२ वर्षीया महिला दिपिका प्याकुरेलले सोही ठाउँका ३२ वर्षीय महेश प्याकुरेलविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा ०८१ असार १० गते उजुरी दिनु भएको छ ।

आरोपितले जेठ २९ गते दुर्व्यवहार तथा कुटपिट गरी ज्यान मार्ने धम्की दिएकोले आरोपितविरुद्ध उजुरी दिएको पीडितलेले बताउनु भयो ।

घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य उपचार तथा घाउ जाँच असार ११ गते जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो