लालबन्दी नगरपालिका-३ जब्दीकी ३५ वर्षीया महिला फुलकुमारी महतो कोईरीले सोही ठाउँका ३२ वर्षीय सुवोध कुमार साहुविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा ०८१ असार १० गते उजुरी दिनु भएको छ ।
आरोपितले असार २ गते दुर्व्यवहार तथा कुटपिट गरी ज्यान मार्ने धम्की दिएकोले आरोपितविरुद्ध उजुरी दिएको पीडितले बताउनु भयो ।
घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य उपचार तथा घाउ जाँच असार ११ गते जिल्ला अस्पताल मलंगवामा भयो ।