परोह नगरपालिका-८ नरकटिया की २० वर्षीया युवती तेतरी कुमारी रामको हत्या गरेको आरोपमा निजका २२ वर्षीय दाजु दिपेन्द्र कुमार रामलाई ०८१ असार ९ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
दाजु र बहिनीबीच असार ९ गते घरायसी विवादहुँदा दाजुले बहिनीको टाउकोमा बाँसको मुङ्ग्रो प्रहार गरी घाइते बनाएका थिए । घाइते रामको उपचारका लागि सोही दिन वीरगञ्जस्थित नारायणी अस्पताल लगिएकोमा उपचारको क्रममा रामको सोहि दिन मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एलिजा गिरीले जानकारी दिनु भयो ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गराई घटनाको अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताउनु भयो ।
मृतकको शव असार ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरी शव परिवारजनलाई बुझाएको उहाँले बताउनु भयो ।