INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-६ बगदहका ३२ वर्षीय नविन कुमार यादवलाई ०८१ असार १० गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ ।

आरोपित २०८१ वैशाख ११ गते पीडितकै घरमा आई कोही नभएको मौका छोपी पीडितलाई धाक धम्की दिई बलात्कार प्रयास गरेको भन्दै जेठ ४ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

आरोपितलाई असार १० गते गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो