INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-४ का २८ वर्षीय संतोष कुमार साहविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ असार ६ गते पीडित पक्षले उजुरी दिनु भएकाे छ ।

पीडितलाई आरोपितले जेठ २८ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

घटनापश्चात आरोपित साह फरार भएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।

पीडितकाे स्वास्थ्य परीक्षण असार ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयाे ।

अन्य

भिडियो