ब्रहमपुरी गाउँपालिका-४ का १८ वर्षीय दिपक कुमार राममाथि जातीय विभेद गरेको आरोपमा सोही वडा का ३६ वर्षीय विलास राय यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ४ गते उजुरी दिनु भएको छ ।
आरोपितले पीडितमाथि जातीय विभेद तथा कुटपिट गरेकोले आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा असार ४ गते उजुरी दिएको पीडितका बुबाले बताउनु भयो ।
ब्रहमपुरी गाउँपालिका वडा नं ४ ब्रहमपुरी चौकस्थित आरोपितले सञ्चालन गर्दै आएको दुग्ध पसलमा जेठ २४ गते दुध खरिद गर्न आएका पीडित काउन्टरमा बसेकोले आरोपितले पीडितलाई गालिगलौज गर्नुका साथै “तँ यहाँ तल बस, दलित” भनि दुर्व्यवहार तथा जातीय विभेद गरी अमानवीय व्यवहार गरेको पीडितका बुबाको भनाइ रहेको छ । पीडितलाई आरोतिले कुटपिट समेत गरेको उहाँले बताउनु भयो । पीडितको घाउजाँच जिल्ला अस्पताल मलंगवामा असार ६ गते भयो ।
घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।