३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ४ गते बलरा नगरपालिका-३ का ३६ वर्षीय आदित्य कुमार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई ०८१ जेठ २४ गते धाक धम्की दिई बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।