३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ४ गते बलरा नगरपालिका-४ का ३७ वर्षीय दिपेन्द्र कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय गडहियामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई ०८१ जेठ २२ गते धाक धम्की दिई बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गडहियाका इन्स्पेक्टर सुवास यादवले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।