२० वर्षीया युवतीलाइ बलात्कार गरेका आरोपित धनगढीमाई नगरपालिका-१ का २० वर्षीय धर्मेन्द्र महतोविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ असार २ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश ज्ञानेन्द्र इटेनीको एकल इजलासले सो फैसला गरेको हो ।
आरोपितले युवतीलाई ०७८ असार २० गते बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा असार ३० गते उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा असार ३० गते भएको थियो ।
आरोपितविरुद्ध ०७९ असार १९ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भएपनि आरोपित हालसम्म गिरफतार भएका छैनन् ।