INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया सुस्तमनिस्थीतीकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धनगढीमाई नगरपालिका-१२ का ५० वर्षीय हेमबहादुर तामाङ्गलाई इलाका प्रहरी कार्यालय लहानले ०८१ असार २ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई असार १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा असार २ गते उजुरी दिएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण लहानस्थित प्रादेशिक अस्पतालमा असार २ गते भयो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले बताउनु भयो ।

अन्य

भिडियो