INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

शिवराज नगरपालिका-१, करहियाकी १८ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहन गरी मर्न बाध्य बनाएको आरोपमा मृतकका प्रमी २० वर्षीय रामसेवक थारुलाई प्रहरीले ०८१ असार २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर विगत लामो समयदेखि यौन शोषण गरी अन्तिममा धोका दिएकोले पीडा सहन नसकी मर्न बाध्य भएको भनी लेखेर जेठ २६ गते राति सिलिङ्घ पङ्खाको कुण्डीमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकोले छोरीलाई मार्न बाध्य बनाएको भन्दै मृतकका ४२ वर्षीया बुबाले जेठ ३२ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनुभएको थियो । पीडितको बुबाले दिनुभएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।

प्रेम सम्बन्धमा रहेकोले विवाह गरौँ भन्दा केही महिनापछि गरौँला भन्दै शोषण गर्दै आएको र २६ गते आरोपितले विवाह गर्न नसक्ने बताएपछि मृतकले सुसाइट नोट लेखेर आफूसँग प्रेमको नाटक गरेर मर्न बाध्य बनाएको डिएसपी वलीको भनाइ छ ।

शवको पोष्टमार्टम जेठ २७ गते आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटामा भयो । आफूहरूले सोही दिन शव बुझी सद्गत गरिएको पीडितकी बुबाले बताउनु भयो ।

अन्य

भिडियो