INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै आठ वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले बेलकोटगढी नपा–११ का ४९ वर्षीय प्रकाश मुडवरीलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले जेठ ३२ गते कसुर ठहर गर्दै आठ वर्ष कैद सजाय र तीन लाख रूपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतकी स्रेस्तेदार खेमकुमारी बस्नेले जानकारी दिनु भयो ।

 पीडितलाई आरोपितले ०७९ साउन १४ गते बलात्कार गरेको भन्दै पीडितले ०७९ चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २१ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो