INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बाेक्सी आराेपमा कुटपिट गरेकाे कसुरमा कैद सजाय

कथित बोक्सी घटनाकाे आरोपमा कुटपिट गरेकाे कसुरमा औरही नगरपालिका-९ अज्गेबारका ३५ वर्षाीया रामसीला मण्डल र २० वर्षीय रामउदय मण्डललाई ०८१ जठ २८ गते  जिल्ला अदालत महाेत्तरीले ६ वर्ष कैद र ७० हजार रुपियाँ जरिवानाकाे फैसला सुनाएकाे छ ।

उक्त घटनाका आराेपितहरू साेही ठाउँका ४० वर्षीय सोनेलाल मण्डल, २० वर्षीय कृष्ण मण्डल, ३५ वर्षीया दुखनी मण्डल, रामतलेबर मण्डल, ५५ वर्षीया शान्ति मण्डल, ६० वर्षीया हसिम बैठा र ३० वर्षीय अख्तर बैठाले अदालतबाट सफाई पाएको श्रेष्तेदार नुतन झाले बताउनु भयो ।

५६ वर्षीया झब्सी ठाकुरलाई ०७८ कात्तिक ११ गते उनका छिमेकीहरू ३५ वर्षाीया रामसीला मण्डल, ४० वर्षीय सोनेलाल मण्डल, २० वर्षीय कृष्ण मण्डल, २० वर्षीय रामउदय मण्डल, ३५ वर्षीया दुखनी मण्डल, रामतलेबर मण्डल, ५५ वर्षीया शान्ति मण्डल, ६० वर्षीया हसिम बैठा र ३० वर्षीय अख्तर बैठाले बोक्सोको आरोप लागाउँदै पीडित ठाकुरको घरमै प्रवेश गरी घाँटीमा पासो लगाएर घिसार्दै कुटपिट गरी आँखामा धारिलो हतियार प्रहार गरी अचेत बनाएको थियो । पीडितको स्वास्थ्य उपचार जनकपुरस्थित सिटी अस्पतालमा भएको डिएसपी दिलिप कुमार गिरिले बताउनु भयो ।

आरोपितहरूले पीडितलाई कुटिपिट गर्नुका साथै मलमुत्र समेत खुवाएको भन्दै पीडितले ०७८ कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी र कुटपिट शिर्षकमा किटानी जाहेरी दिनु भएको थियाे । आरोपितहरूविरुद्ध ०७८ मङ्सिर ७ गते जिल्ला अदालत महोत्तरीमा दर्ता भएकाे श्रेष्तेदार झाले बताउनु भयो । आरोपितहरू अदालतको आदेश अनुरसार धरौटीमा छुटेका थिए । औरही नगरपालिका-९ अज्गेबारका का कथित बोक्सी घटनाका पीडित ५६ वर्षीय झब्सी ठाकुरलाई ०८० पुष २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग नगद ८ हजार रुपियाँ प्रदान गरेको थियाे ।

अन्य

भिडियो