आठ र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बनेपा नपा–११ का २४ वर्षीय खेमबहादुर नेपालीलाई ०८१ जेठ २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दिएको थिए ।
पीडितलाई आरोपितले धनेश्वर मन्दिर परिसरमा दुर्व्यवहार गरेको उजुरीका आधारमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बनेपाका डिएसपी लालध्वज सुवेदीले बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण जेठ २४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।