सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिमाथि दुर्व्यवहार गरेको आरोपमा धादिङ जिल्ला घर भएकी ३५ वर्षीया शोभा भनिने जानुका पाठकलाई प्रहरीले ०८१ जेठ २८ गते ललितपुरको पुल्चोकबाट गिरफ्तार गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोमा चरित्रहत्या गरेको भन्दै ३० वर्षीय व्यक्तिले जेठ २८ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी साइबर अपराधमा अनुसन्धान भइरहेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनु भयो ।
आरोपितलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।