INSEC Online

📅 २०८३ जेष्ठ २१

१० महिनादेखि पारिश्रमिक नपाएको स्वास्थ्य कर्मचारीको गुनासो

त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले ०८० साउन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत भ्याक्सिनेटरको रूपमा काम गरेका पाँच जना कर्मचारीले पारिश्रमिक नपाएका हुन ।

१० महिनादेखि बिना पारिश्रमिक काममा खटिएको बारे नगरपालिकालाई ध्यानाकर्षण गराएको पहाडा स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीय लक्ष्मी चन्द्र केसीले बताउनु भयो । पारिश्रमिक नपाएको १० महिना भयो, अहिले सम्म पाएको छैनौं । नगरपालिकाले म लगायतका अन्य कर्मचारीहरूलाई बिना पारिश्रमिक काम गर्न समस्या भएको उहाँले बताउनु भयो ।

नगरपालिकाले भ्याक्सिनेटरलाई महिनाको ४ हजार ३ सय रुपियाँ पारिश्रमिक दिने गरी सम्झौता गरेको थियो । सम्झौता गरेको महिना पारिश्रमिक निरन्तर आइरहेको र म्याद थप गरेको मिति देखि भने पारिश्रमिक नपाएको उहाँको भनाइ छ। यसरी आफ्नो पारिश्रमिक न पाएपछि अहिले उहाँले जागिर छोड्ने मनस्थितिमा हुनुहुन्छ । जागिर छोडेर कृषि पेशा गरेर बस्ने समेत उहाँले गुनासो गर्नुभयो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरलाले अबको केही दिनमा सबैको पारिश्रमिक एकैपटक उपलब्ध गराउने बताउनु भयो । पहिला विविध समस्याका कारण भ्याक्सिनेटरको  पारिश्रमिक रोकिएको थियो अब भने स्वास्थ्य शाखा सँग सबै डाटा मागेर पारिश्रमिक गराउने उहाँको भनाइ छ।

नगरपालिकाले फाजिलमा रहेका कर्मचारीलाई विभिन्न सामुदायिक स्वास्थ्य इकाइमा काजमा खटाए पनि ०८० साउन यताको तलब बजेट नभएको भन्दै रोकेको  थियो । तलब बजेट रोके सँगै अहिले नगरपालिका का अधिकांश स्थायी र करार कर्मचारीले समेत पारिश्रमिक पाएका छैनन् ।

 

Photo20240611Dolpa

अन्य

भिडियो