२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका ३० वर्षीय धिरेन परियारविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
पीडितलाई आरोपितले ०८१ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।
पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २७ गते गरिएको छ ।