१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा जिल्ला जिराभवानी गाउँपालिका–५ का २० वर्षीय मुकेश पासवनलाई प्रहरीले जेठ २३ गते गरेको छ ।
पीडित बालिकालाई जेठ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २३ गते दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको होे ।
आरोपित विरुद्ध जेठ २४ गते बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २३ गते गोरखा अस्पतालमा भएको थियो ।