५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-६ कोत्तिसिङ्कका ५३ वर्षीय ज्वाने भनिने धनबहादुर लिम्बूलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८१ जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई जेठ २० गते गिरफ्तार गरी जेठ २२ गते सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १९ गते गरिएको छ ।