INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रघुगंगा गाउँपालिका– ७ चिमखोलाको सिमडाँडाकी ४३ वर्षीया विष्णु छन्त्यालको हत्या गरेको आरोपमा उहाँका पति ६० वर्षीय बलबहादुर छन्त्याल तथा २८ वर्षीय छोरा मोतीबहादुर छन्त्याल र २३ वर्षीय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ ।

२०८१ जेठ १८ गते राती सुतिरहेकै अवस्थामा मृत्यु भएपछि मृतकका माइती पक्षले मृतकका पति र जेठी पत्नी तिरका छोराहरुले हत्या गरेको भन्दै जेठ १९ गते उजुरी दिएपछि आरोपितहरुलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिनुभयो ।

आरोपितहरु विरुद्ध जेठ २० गते पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम ०८१ जेठ २१ गते बेनी अस्पतालमा भएकोे छ ।

अन्य

भिडियो