INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भिमसेनथापा गाउँपालिका– २ का ४५ वर्षीय भगिरथ भन्ने कृष्णप्रसाद सोडारीलाई प्रहरीले जेठ १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई जेठ १६ गते बलात्कार गरेको भन्दै सोही दिन पीडितका आफन्तले दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपित विरुद्ध जेठ १७ गते बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो