INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

सुद्धोधन गाउँपालिका–४, सौँ फर्साटिकरकी ३२ वर्षीया महिलालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जेठ १५ गते पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

पीडितले आफूलाई विवाह गरेदेखि नै घरेलु हिंसा गर्दै चरित्र हत्या गरी सामाजिक सञ्जाल मार्फत फेक आइडी खोली चरित्र हत्या गर्ने र माइती सबै परिवारलाई मार्ने धम्की दिएको भन्दै न्यायका लागि पहल गरिदिन र आर्थिक सहयोग गरिदिन इन्सेक समक्ष आग्रह गर्नुभएको थियो ।

आफूलाई पटक पटक मार्ने धम्की दिएपछि इन्सेकको सहयोगमा जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र आरोपित वैदेशिक रोजगारीका लागि साउदी अरवमा भएकोले कानुनी प्रक्रिया अगाडि बढाइएको थियो ।

Photo30052024Rupandehi

अन्य

भिडियो