INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा एक जना गिरफ्तार

२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला म्याग्दी नगरपालिका–५ घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्दै आएका ३० वर्षीय सन्तोष किसानलाई जेठ १४ गते कोटेश्वरबाट गिरफ्तार गरेको हो ।

पीडितलाई आरोपितले गोप्यरुपमा शारीरिक सम्बन्ध राखेको भिडियो पठाएको भन्दै  जेठ १३ गते उजुरी दिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी  रवीन्द्र रेग्मीले बताउनु भयो । उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्ने र महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य समेत पार्ने गरेको अनुसन्धानका क्रममा खुलेको एसपी रेग्मीले बताउनु भयो ।

घटनाको अनुसन्धान र कारबाहीकालागि आरोपितलाई ०८१ जेठ १७ गते  जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको एसपी रेग्मीले बताउनु भयो ।

अन्य

भिडियो