INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ललाई जेठ १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०८१ जेठ १४ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएपछि प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेको हो ।

आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतले जेठ १४ गते नै सरकारी वकिल कार्यालय मार्फत बलात्कार कसुरमा मुद्दा दर्ता गरि सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर भुवन बरामले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १४ गते पर्वत अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो