१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-४ का २४ वर्षीय गोपालचन्द्र चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८१ जेठ ९ गते उजुरी दिनु भयो ।
पीडितलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएकाे पीडित पक्षले बताउनु भयाे ।
घटनापछि आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर ठाकुर प्रसादले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।