४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–५ गैरिगाउँका ६४ वर्षीय हीराबहादुर खड्कालाई जेठ ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले बनेपा नगरपालिका–७ गोदामचोक स्थित एक सेक्युरिटी कम्पनीमा काम गर्ने ०८१ वैशाख ४ गते बलात्कार गरेको भनदै पीडित पक्षले जेठ ४ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोेपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी लालध्वज सुवेदीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।