बलात्कारका मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका रामेछापको खाँडादेवी गाउँपालिका–९ का २४ वर्षीय गौरव नेपाली रोमानियाबाट गिरफ्तारीमा परेका छन् ।
एनसीबी बुचरेस्टको समन्वयमा रोमानियामा गिरफ्तार भएका आरोपितलाई सम्बन्धित मुद्दामा कारबाही गर्न ०८१ जेठ ९ गते नेपाल फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय डिएसपी प्रदीपकुमार साहले जानकारी दिनुभयो ।
बलात्कार मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट आग्रह भएपछि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनीविरूद्ध नोटिस जारी भएको थियो ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–१ चकरीका