INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ का २९ वर्षीय होमराज राईलाई प्रहरीले ०८१ जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १ गते प्रहरी चौकी, जितपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरी चौकी जितपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले आरोपितलाई महालक्ष्मी नगरपालिका-६ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २ गते गरिएको छ ।

अन्य

भिडियो