INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायको मागसँगै विरोध प्रर्दशन गर्दै पीडित पक्ष

झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षीया बालिकाका माइती पक्षले घटनाको सत्य तथ्य छानविनको माग गर्दै बागलुङमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

जेठ १ गते साँझ घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी बालिकालाई पति, सासु, नन्द र जेठा ससुराले कर्तव्य गरि हत्या गरेको भन्दै माइती पक्षले जेठ ३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दर्ता गराएका थिए ।

प्रहरीले मृतक बालिकाका १७ वर्षीय पति, ३७ वर्षीया सासुलाई जेठ २ गते, १४ वर्षीया नन्द र ५४ वर्षीय जेठा ससुरालाई जेठ ४ गते गते गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको छ ।

घटना घटेको छैटौँ दिन सोमबार पनि पीडित पक्षले विरोध प्रर्दशन जारी राखेका छन् । ‘सोच्नुस बुहारी पनि कसैको छोरी हो’ ‘घरेलु हिंसा बन्द गर’ लेखिएका पर्चा बोकेर बागलुङ बजारबाट र्‍यालीमा निस्किएकाहरु आरोपितको घर घेराउ गर्न पुगेका थिए ।

आरोपितको घर तोडफोड गर्ने प्रयास गरेका प्रदर्शनकारीले खाद्यान्न फालिदिएका छन् ।

धौलागिरी अस्पताल बागलुङमा विषेशज्ञ नभएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखराले पठाएको फोरेन्सिक विशेषज्ञको टोलिले जेठ ५ गते शवको पोस्मार्टम गरि जेठ ६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा परीक्षण प्रतिवेदन पठाई सकेको छ ।

तर, मृतकका आफन्तको अन्दोलन भने रोकिएको छैन् । जेठ ३ गतेबाट बागलुङमै शवको पोस्मार्टम, घटनाको सत्यतथ्य छानविन, दोषीलाई कारबाहीको माग सहित धौलागिरी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रदर्शन गर्दै आएका पीडित पक्षले आइतबार बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रो दुई वर्ष’ कार्यक्रम स्थलमा प्रवेश गरि तोडफोड गरेपछि कार्यक्रम स्थगित भएको छ ।

नागरिक न्यायका लागि अन्दोलनमा रहेका बेला आफु मेयर र उपमेयर भएको दुई वर्ष पुगेको खुसियालीमा केक काटेर रमाइलो गर्न लागेको भन्दै मृतक बालिकाका आमाले कार्यक्रमका लागि तयार गरिएको स्टेज सहित सजावट समेत तोडफोड गरेपछि नगरपालिकाले विषेश कारणवश कार्यक्रम स्थगन भएको सूचना जारी गर्दै कार्यक्रम रोकेको हो ।

photo 2 081-2-8 baglung

photo 1 081-2-8 baglung

अन्य

भिडियो