INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले रूपन्देही जिल्ला रोहिणी गाउँपालिका–४ बस्ने ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।

वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाएर भिजिट भिसामा ओमान पुर्याई मानव बेचबिखन गरेको अभियोगमा पीडितका आफन्तले ०७९ फागुन २१ गते दिएको उजुरीको आधारमा टोखा नगरपालिका–९ शिबचोकबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडितलाई आरोपितले ओमानमा मासिक ४० हजार रूपियाँ पारिश्रमिकको प्रलोभन देखाएर ओमान पठाईदिने भन्दै काठमाण्डौँबाट भारतको बाटो हुँदै  ओमान पु‍र्‍याएका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । आरोपित उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरिएको छ ।

 

अन्य

भिडियो