सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारीलाई स्ट्रिप च्याटमार्फत आर्थिक प्रलोभनमा पारी बालबालिकाहरूलाई यौनजन्य क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जेठ १ गते गिरफ्तार गरेको छ ।
बालिकाहरूलाई आरोपितले सामाजिक सञ्जालमा विभिन्न एकाउन्टहरू बनाएर अश्लील कुराकानी गर्न लगाउने र यौनजन्य क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले आरोपितबाट अश्लील भिडियो बनाउने सामग्री निर्माणमा प्रयोग गर्ने गरेको ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासमेत फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
आरोपित उपर बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक काराबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीलेले बताउनु भयो ।