INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आराेपित आमा गिरफ्तार

१८ महिने छोरीलाई सलको पासो लगाएर मार्न खाेजेको आरोपमा प्रहरीले मुसीकोट नगरपालिका– १४ लोरिवाङकी २१ वर्षीया नन्दकली विष्टलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

छोरीलाई जेठ २ गते पासो लगाएर भिडियो बनाउन खोज्दा छिमेकीले देखेपछि घटनाको बारेमा प्रहरीलाई  जानकारी गराइएको थियो । नाबालक छोरीको सोही दिन उद्धार गरी जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी नवराज पोखरेलले जानकारी दिनुभयो ।

घटनाकाे थप अनुसन्धान गरी मुद्दाकाे प्रकृया अगाडि बढाइने डिएसपी  पोखरेलले बताउनुभयो ।

अन्य

भिडियो