६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा वैशाख ३१ गते उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।
जिल्ला अदालतले आरोपितलाई पाँच दिन बाल हिरासतमा राख्ने आदेश दिएको डिएसपी भारतीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते त्रिशूली अस्पतालमा गरिएको छ ।