काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभाग परिसरमा भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रमा ज्यादती भएको भन्दै धर्ना बसेका २२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रमा ज्यादती भएको भन्दै आम जनता पार्टी उपत्यका कमिटिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभाग परिसरमा चौथो चरणको कार्यालय घेराउ तथा धर्ना गरेको अवस्थामा वैशाख ३१ गते गिरफ्तार गरेको हो ।
विगत लामो समयदेखि भन्सार कानुनमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको प्रावधान हटाउनका लागि दबाबसहित आम जनता पार्टीले धर्ना दिएको प्रवक्ता चन्द्रभुषण साहले बताउनु भयो ।
गिरफ्तार हुनेहरूमा तिलक थापा मागर, चन्द्रभुषण साह, रञ्जु साह , आर्य पाण्डे, चन्द्रिका लाल साह, देव कुमारी साह, कनक सिंह, मीनादेवी साह, बिरबल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साह, प्रभु साह, अरुण कुमार साह, शम्भु साह, वीरबहादुर यादव, सिकेन्द्र साह, जयकिसोर साह, रामकिशोर साह, उमेश साह, रामनारायण साह रहेका छन् ।
गिरफरतार गरिएकाहरूलाई कालिमाटीस्थित प्रहरी वृतमा राखिएको र सोही दिन साँझ रिहा गरिएको प्रवक्ता साहले बताउनु भयो ।