INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

सिद्ध कुमाख गाउँपालिका–४ सागिनेकी २७ वर्षीया केवली राणाको जेठ १ गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३२ वर्षीय पति केशव राणाले सोही दिन आत्महत्या गरेका छन् ।

१३ दिने सुत्केरी पत्नीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

घटनाकाे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर धमलाले बताउनु भयाे ।

अन्य

भिडियो