हेटौडा उपमहानगरपालिका–९ की ६५ वर्षीया गोमा दमाईको हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँका भतिजा पर्ने ५० वर्षीय कमल परियारलाई ०८१ वैशाख ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८१ वैशाख ३० गते मादक पदार्थ सेवन गरी कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी लक्ष्मी भण्डारीले बताउनु भयो ।
पीडितपक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी भण्डारीले बताउनु भयो ।
कैची प्रहारबाट गम्भीर घाइते भएकी पीडित महिलाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।