१९ वर्षीया मानसिक अपाङ्ता भएकी युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भूम्लु गाउँपालिका– १ का ६९ वर्षीय मेघबहादुर कामीलाई वैशाख २५ गते सात वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले सात वर्ष कैद ३ लाख रूपियाँ जरिबाना र ५० हजार रूपियाँ क्षतिपूर्ति ठहर्ने फैसला भएको जिल्ला अदालतले जनाएको छ ।
पीडितलाई आरोपितले ०८० भदौ २९ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई असोज ७ गते गिरफ्तार गरेको थियो । आरोपित ज्येष्ठ नागरिक भएकाले ०८० असोज २४ गते पोलिग्राफ समेत लिइएको थियो । आरोपित जिल्ला अदालतको ०८० असोज २५ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।