INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

बनगाड कुपिण्डे नगरपालिका–४ देउलीकी ३२ की कमला बुढाको वैशाख ३० गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३५ वर्षीय पति मनोज बुढाले सोही दिन आत्महत्या गरेका छन् ।

पत्नीलाई धारिलो हतियार बन्चरोले घाँटीमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । पतिको मानसिक स्वास्थ्यमा समस्या भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

अन्य

भिडियो