INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागीबाट घाइते पीडितलाई उपचारका लागि इन्सेकको सहयोग

पुतलीबजार नगरपालिका– ११ करेन्डाडा बसोबास गर्ने ३५ वर्षीया आगलागीबाट पीडित गीता थापालाई उपचारका लागि इन्सेक गण्डकी प्रदेश कार्यालयले वैशाख २८ गते आर्थिक सहयोग प्रदान गरेकाे छ ।

२०८१ वैशाख १९ गते जङ्गलमा लागेको आगो घरमा सल्किदा गम्भीर घाइते हुनुभएकी गीता थापालाई उपचारका लागि पोखरा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएको हुँदा काठमाडौंको कीर्तिपुर हस्पिटलमा रिफर गरिएको थियो ।

घर आगलागीबाट पूर्ण नष्ट भएको र आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएकाले आर्थिक सहयोग गर्नको लागि वैशाख २७ गते इन्सेक जिल्ला प्रतिनिधि मार्फत निवेदन दिनुभएको थियो ।

सोही निवेदनका आधारमा इन्सेक गण्डकी प्रदेश कार्यालयबाट स्याङ्जा जिल्ला प्रतिनिधि मार्फत वैशाख २८ गते ५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको हो ।

घाइते परिवारले उक्त रकमले उपचारमा सहयोग पुग्ने भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।

अन्य

भिडियो