INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १५ वर्ष कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छथर जोरपाटी गाउँपालिकाका-६ सिधुवाका २५ वर्षीय मणिराज पिठाकोटेलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०८१ वैशाख २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई ५ लाख रुपियाँ जरिबाना, पीडित राहत कोषमा २० हजार रुपियाँ जम्मा गर्न र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार न्यौपानेले बताउनु भयो ।

बालिकालाई आरोपितले ०८० मङ्सिर २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० पुस ११ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०८० पुस २६ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० मङ्सिर २१ गते गरिएको थियो ।

अन्य

भिडियो