INSEC Online

📅 २०८३ जेष्ठ २१

आमरण अनशनको १७ दिन पुग्दा पनि माग सुनुुवाइ नभएको गुनासो

रूसी सेनामा भर्ना हुन पुगेका नेपालीहरूको उद्धारको माग गर्दै ०८१ वैशाख ५ गतेबाट १७ दिनसम्म आमरण अनशन बस्दा पनि आफ्नो माग सुनुवाइ नभएको पीडितका आफन्तहरूले गुनासो गरेका छन् ।

पीडित परिवारले आफन्तहरूको घरफिर्ती अभियानसँगै मानव तस्करहरूलाई कारबाही गर्नका लागि आवश्यक पहल गरिदिन सरकारसँग राखेको माग सुनुवाइ नभएको गुनासो गरेका हुन् ।

अनशन बसेको १७ औँ दिनसम्म आइपुग्दा अनशनरत व्यक्तिहरूको स्वास्थ्यमा समस्या आउन थालेपछि वैशाख १७ गतेबाट अनशन स्थगन गरेका छन् ।

वैदेशिक रोजगारीको प्रलोभन र मानव तस्करको जालोमा परेर रूसी सेनामा आबद्ध नेपालीहरूको जीवनरक्षा, घाइतेहरूको उपचार तथा क्षतिपूर्ति, बेपत्ताहरूको खोजी र युक्रेनको कब्जामा रहेका नेपालीहरूको सकुशल रिहाईको माग सरकारबाट पुरा हुन नसकेपछि अशनलाई स्थगन गरी अन्य बैकल्पिक विधिबाट आफ्नो माग राखेर अभियान जारी राखेको अभियानको स‌योजक कृति भण्डारीले बताउनु भयो ।

नागरिक अगुवाहरू र अभियानको संयोजक  भण्डारीसहित पीडित परिवारका सदस्यहरू सिरानी घर्तीमगर, इशान थापा लगायतलाई सामुहिक रूपमा आमरण अनशन बस्दै आएको स्थल भृकुटी मण्डपबाट प्रहरीले वैशाख १३ गते गिरफ्तार गरी सोही दिन साँझ रिहा गरेको थियो ।

“विदेशमा भएका आफन्त र मृत्यु भएका व्यक्तिको शवको प्रतिक्षा गरेका परिवारको पीडा कति असह्य भएको छ, परिवारजन मर्नु न बाँच्नुको अवस्थामा पुगेको” अभियान्ता कृति भण्डारीले बताउनु भयो ।

अभियान्ता भण्डारीका अननुसार हालसम्म ६ सय ९१ जनाको विवरण सङ्कलन भएको र जसमध्ये ३९ जना मृतक, अन्य ४० जना मृत्यु भयो भनिएका तर पुष्टि हुन बाँकी, पाँच जना युक्रेनको कब्जामा, १ सय १७ जना घाइते, २ सय ७२ जना सम्पर्क विहीन, १५ जना करार सम्झौता रद्द गरेका व्यक्तिहरू, ११ जना रुसी राहदानीका लागि आवेदन दिएका, ३१ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका र बाँकी अन्य व्यक्तिहरू रहेका छन् ।

photo2024050601kathmandu

अन्य

भिडियो