उदयपुर स्थायी घर भइ दमक नगरपालिका-५ मा बस्दै आउनु भएकी १८ वर्षीया एनिका गजमेरमाथि वैशाख २१ गते गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते हुनु भएकी पीडितको दमक नगरपालिका-५ स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
दमक नगरपालिका-२ स्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर डेरा फर्कने क्रममा ०८१ वैशाख २१ गते दमक नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।
सिरहा जिल्ला, घर भएका ३० वर्षीय अमितकुमार साहले गोली प्रहार गरेको समाचारहरु बाहिर आएपनि त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।