INSEC Online

📅 २०८३ श्रावण १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-६ सीसौबारीका २३ वर्षीय प्रतिक राईलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८३ साउन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोहीदिन प्रहरी चौकी, गछियामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ११ गते गरिएको छ ।

विनोद सुवेदी

अन्य

भिडियो