१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका -२ का ६६ वर्षीय प्रसादे दर्जीलाई गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८३ साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि साउन १० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ११ गते गरिएको छ ।